"बिधुतिय सबारिलाइ बिलसिताको संग्या दिनु रास्ट्र घात हो" # के बिश्वमा अर्थबिद छैन, भारतको बिधुतिय सबारीलाई प्रसय दिने अर्थमन्त्री,अर्थबिद सबै मूर्ख हुन! हाम्रो अर्थमन्त्री, भन्सार का डि जि मात्रै विद्वान हुन् # यो भनाइ पुर्ण रुपमा एउटा तुक नभयको बहाना मात्र हो। दिगो बिकाश को आर्थनिती नलिइ एक बर्ष बजेट कसरी पुर्याउने भन्ने मेसो मात्र हो र देश चलाउन गाडी बाट उठेको कर र इन्धन कर संस्कार को निरन्तरता मात्र हो। कुन तह सम्म को गाडी लाई बिलाशिता भन्ने ! यो ठूलो प्रस्न छ! #सरकार ले आज सम्म सुबिधा युक्त सार्बजनिक सबारी कता सन्चालन गरेको छ! यस्तो पुर्बाधार नबनेको अवस्थामा 20- 50 लाखको मध्यम बर्गको पहुँच हुने गाडी बिलाशिताको साधन कसरी भयो ? कति मुल्य सम्म को गाडी लाई बिलासिताको भन्ने? # हरेक बिधुतिय गाडी ले औसत 3-4 लाख को बचत स्वदेशी इन्धन को प्रयोग, मेन्टिनेन्सको बचत, पेट्रोलियम खरिदको पैसा जोगिनु बाट बार्षिक बचत हुन्छ भने ५ बर्ष मा यस्ले सरकारले उठाउन खोजेको कर भन्दा धेरै बचत गर्छ। तसर्थ यो देसको आवश्य्कता को बिलाशिता होइन। # के बाताबरण र जनस्वास्थ्य को केहि मुल्य हुन्छ र? कोभिड भन्दा धेरै श्वास प्रश्वासको रोग बाट पिडित छ! के यसमा खर्च हुने औसधि उपचार को खर्चको मुल्यांकन सरकारले गरेको छ। सरकारले कर उठाउन इन्धनको गाडी ल्याउने, जनस्वास्थ्य , बाताबरण संग खेलबाड गर्ने रोग निम्ताउने अनि फेरि औसधि उपचारका लागिपनि पैसा बाहिरिने यो कदापी दिगो अर्थनिती हुन सक्दैन। # स्वच्छ बाताबरण हाम्रो सन्ततिकोलागि धरोहर हो। यस्बाट पर्यटन लाई टेवा पुर्याउने छ। हाम्रो हिमाल, पहाड लाई स्वच्च राख्ने, जैबिक बिबिधता को रक्षा गर्ने छ, हाम्रो शहरलाइ विश्व सम्पदाको शुचिमा रहेको भन्न लायक बनाउने छ। के यसको अर्थमन्त्री ज्युले भने जस्तो मुल्यमा तौलिन मिल्ला र? # के हाम्रा छिमेकि रास्ट्र, बिश्वब्यापी रुपमा बिधुतिय सबारीलाई प्रसय दिने नीति मिथ्या मात्र हो र! अन्य देसका जन्ताले बिधुतिय सबारी खरिद गरे प्रोत्साहन स्वरुप सब्सिडी दिइन्छ, स्मरन रहोस हाम्रो देशमा हामिले केहि कर तिरेरै विद्युतीय गाडी चढेका छौ। # अर्थमन्त्री ज्यु ले, नाकाबन्दी भयको र भबिस्यमा हुन सक्ने स्थिति लाई बिर्सनु भएको छ। नेपाली को घाउ अझै आलो छ, भोलि भबिस्यम्क फेरि नहोला भन्न सकिन्न। हामीले बिर्सेका छैनौ ओलि सरकारको त्यो बेलाको अडान र जन्ता ले ५ लिटर पेट्रोलको लागि घण्टौं लाइनमा बस्नु परेपनी चुँ नबोली सरकारलाइ गरेको समर्थन । के सबै मिलि स्वधिन अर्थतन्त्र को निर्माण गर्नु, अनि नेपालिको भित्री तेहि सोचबाट रास्ट्रबाद्को आगोलाइ बिलाशिता भन्न मिल्छ! बिलाशिता मात्र भय मन्त्री ज्यु तपाईं ले २५०% लगाय पनि हिजोका दिनमा पनि इन्धनको गाडी नै ठिक थियो। सरकारको नीति, नीति तथा कार्यक्रम को सम्बोधन, श्वेत पत्र, बाताबरण मैत्री सबारी तथा यातायात नीति, बिधुतिय सबारी बिकास राष्ट्रिय योजना, नेकपा को घोसना पत्र, प्रदेश ३ २०२८ सम्म बिधुतिय सवारि को मात्रै योजना के यो सबै जन्ता फकाउने योजना मात्रै हुन त! हामी व्यावसायिको कुरालाइ तपाइँ हरु स्वार्थ को आँखाले मात्र हेर्नू हुन्छ, तर पनि हामी भन्छौ यो बिलासिताको संग्या दियर कर बढाइ ब्याक्तीगत प्रयोगको बिधुतिय सबारी साधन को अघोशित बन्ध्याकरन राष्ट्रिय हित मा छैन।। हामिलाइ थाह छ ब्यबसाय त यो नभय यो गरिन्छ पाइन्छ तर राष्ट्रिय स्वाधिनता, बाताबरण र जनताको स्वस्थ भयर जिउने अधिकार यो नभए त्यो कदापी हुन सक्दैन ।